२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

सुनचाँदीको भाउ घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २७ गते बुधबार

सुनचाँदीको भाउ आज घटेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै, हिजो स्थिर रहेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर २७ गते बुधबार