सूचनाको शक्ति - The Power Of Information

        

ग्यासको मूल्य १ हजार ८९५ रुपैयाँभन्दा धेरै नतिर्न आग्रह

फाइल तस्वीर

नेपाल एलपी ग्यास उद्योग संघले ग्यास  किन्दा तोकिएको भन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले बजारको माग अनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउँदै आएको उल्लेख छ ।

तर, हाल बजारमा निगमले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार विक्री नभई बढी मूल्य लिई ग्यास विक्री वितरण भैरहेको भन्ने समाचार तथा जनगुनासो आएकोमा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल आयल निगमद्वारा सबै क्षेत्रको लागि कायम गरिएको ग्यासको उपभोक्ता मूल्य प्रति सिलिण्डर (१४.२ केजीको) रु १,८९५ मात्र तिरी ग्यास खरिद गर्न र अनिवार्य विल लिन आम उपभोक्ताहरूमा अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

निर्धारित मूल्य भन्दा बढी मूल्य लिई ग्यास विक्री वितरण गर्नु गैर कानूनी भएकाले त्यस्तो कार्य नगर्न नगराउनु सम्बन्धित सबैमा पनि संघले जानकारी गराएको छ ।

कानून विपरित ग्यास विक्री गरेको पाईएमा सरोकारवाला निकायहरूमा तत्काल जानकारी गराउन पनि संघले आम उपभोक्ताहरूमा सूचित गरेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १५:३३

लोकप्रिय