हिजाे आइतवार उच्च अङ्कले बढेर ‘सर्किट’ लागेकाे शेयर बजार आज साेमवार भने घटेकाे छ । दिनभर उतारचढाव भएकाे शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेकाे छ ।
आज निर्जीवन बीमा, माइक्राेफाइनान्स, उत्पादन तथा प्रशाेधन र म्युचल फन्डबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज विकास बैंक, जीवन बीमा, हाेटल तथा पर्यटन, व्यापार, फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तकाे शेयर ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन बाेटलर्स नेपाल, सामुदायिक लघुवित्त र दाेल्ती पावर कम्पनीकाे शेयर भने १० प्रतिशतले बढेकाे छ ।
आज बजार घटे पनि काराेबार रकम भने बढेकाे छ । आज १ कराेड ८६ लाख कित्ता शेयर ४ अर्ब ८४ कराेड रुपैयाँमा काराेबार भयाे । याे काराेबार रकम ५ महिनायताकै उच्च हाे ।
यसअघि गएकाे असार १७ गते ५ अर्ब १ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब रुपैयाँ पुग्न सकेको थिएन । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल लिमिटेडकाे २५ कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ