शेयर बजार ५ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
बिहान ११ बजेर ५ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजार २७ मिनेटमा नेप्से सूचक ५ प्रतिशतले बढेपछि अर्को पटक सर्किट ब्रेक लागेको हो ।
पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुने र दोस्रो घण्टाभित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुने नियम छ । यस्तै, तेस्रो घण्टाभित्र वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकी पूरै दिनको कारोबार स्थगित हुनेछ ।
अस्ति शुक्रवार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले शेयर धितो कर्जाको जोखिमभार घटेपछि लगानीकर्तामा मनोबल बढेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ