सूचनाको शक्ति - The Power Of Information

        

सुनकाे भाउ आज १ हजार ३ सय रुपैयाँले घट्याे

अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ ।

आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । अस्ति, शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियाे।

अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतारचढाव आएको थियो ।

यस्तै, अहिल्लो हप्ता महँगो भएको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ ।

अघिल्लो हप्ता चाँदीको भाउ तोलाको एक हजार ५ सय ४५ रुपैयाँसम्म पुगेको थियो । अस्ति शुक्रवार भने चाँदीको भाउ एक हजार ४ सय ६० रुपैयाँ थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतवार १२:०४

लोकप्रिय