सूचनाको शक्ति - The Power Of Information

        

बाँकेकाे जानकीमा गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता

बाँकेकाे जानकी गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकहरुलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि जेष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगन्ज बजारमा रहेको मुक्तिनाथ र सांग्रिला बैंकमा जानुपर्ने वाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेपछि स्थानीयलाई सहज भएको छ ।

गाउँपालिकाबाट नेपालगन्ज सामाजिक सुरक्षा भत्ता लिन जानुपर्ने वाध्यताका कारण जेष्ठ नागरिकहरुले विभिन्न किसिमका सास्ती भोग्दै आएका थिए ।
बृद्धबृद्धा तथा अपाङ्गहरुको समस्यालाई मध्यनजर गरी सामाजिक सुरक्षा भत्ता वितरण कार्य गाउँपालिकाबाटै सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दिलवहादुर पौडेलले बताए ।

एनआइसी एसिया बैंक र कुमारी बैंकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतवार ०८:३३

लोकप्रिय