२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सुन तोलामा २ सय रुपैयाँले बढ्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २२ गते शुक्रबार

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिरता कायम हुँदै प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २२ गते शुक्रबार