२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २२ गते शुक्रबार

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।

सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो ।

५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ ।

त्यस्तै ५० लाखभन्दा बढीको घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो ।

यसका साथै ५० लाख सम्मको आवास कर्जा लिँदा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने व्यवस्था पनि गरिएको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत मात्रै थियो ।

प्रकाशित मिति : २०८० मंसिर २२ गते शुक्रबार