नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त समीक्षा स्वीकृतिका निम्ति सञ्चालक समितिको बैठक जारी छ ।
राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले हिजो दिउँसो समीक्षा पारित गरिसकेको छ । सञ्चालक समितिको बैठकबाट पारितपछि आजै पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक गर्ने तयारी छ ।
विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गर्ने गरेको थियो । यो वर्ष करिब एक महिना ढिलो भइसकेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ