शेयर बजार लगातार दाेस्राे दिन पनि बढेकाे छ । हिजाे बुधवार ३ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेकाे छ ।
आज व्यापारबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।
आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीकाे शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तकाे शेयर झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज ग्लाेबल आईएमई लघुवित्तकाे शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।
आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीकाे ८६ कराेड ८३ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ