मुक्तिनाथ कृषि कम्पनीको आइपिओ भोलि (मङ्सिर १९) गते बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आइपिओ मङ्गलवार बाँडफाँड गरिने मिति तय भएको हो ।
मङ्सिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९५४ जनाले १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरू र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्कासन खुला गरेको थियो ।
सर्वसाधारणका लागि छुट्टाइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीले बेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ