सूचनाको शक्ति - The Power Of Information

        

आयल निगम ऋणमुक्त, इन्धनको मूल्य घट्ने अपेक्षा

झण्डै तीन वर्षदेखि घाटामा रहेको नेपाल आयल निगम ऋणमुक्त बनेको छ । सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै निगम मंगलबारदेखि ऋणमुक्त बनेको हो ।

निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । इन्धनको मूल्य बढ्दै जाँदा एकै वर्षमा निगमले करिब ५० अर्ब घाटा बेहोरेको थियो । निगमले वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकोमा मंगलबार ब्याजसहित सबै चुक्ता गरेको छ । निगम ऋणमुक्त भएसँगै इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०९:०३

लोकप्रिय