सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ ।
आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडमा खुम्चियो ।
कुल ६१ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रहरुको उतारचढाव सामान्य देखिएको छ । कुनै पनि समूहको गिरावट दर १ प्रतिशत पुग्न सकेन ।
अंकका आधारमा बैंकिङ १०, विकास बैंक ७, फाइनान्स १३, जलविद्युत् १६, जीवन बीमा ९४, उत्पादन ४०, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ५४ र अन्य उपसमूह १ अंक घटे ।
होटल तथा पर्यटन १२ र व्यापार उपसमूह भने १० अंक बढे ।
मूल्यमा धेरै उतारचढाव भएका कम्पनी
यस दिन अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
अभियान लघुवित्तको ७.७, माथिल्लो मैलुङखोला जलविद्युतको ७.४, शुभम् पावर ६.१ र विशाल बजार कम्पनीको मूल्य ६.१, माईखोला हाइड्रोपावरको ५.६, रावा इनर्जीको ५.५ प्रतिशतले मूल्य बढ्यो ।
त्यस्तै स्वाभिममान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । स्वरोजगार लघुवित्तको ५.१, थ्रीस्टार हाइड्रोपावरको ३.८ तथा हिमालयन लघुवित्तको मूल्य ३.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा भने सोनापुर सिमेन्ट, रिलायबल लाइफ इन्स्योरेन्स, प्रभु बैंक संस्थापक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ