२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

प्रतितोला एक लाख १७ हजार ४००
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर ११ गते सोमबार

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ ।

यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।

आइतबार सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ५०० रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड बनेको हो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो ।

प्रकाशित मिति : २०८० मंसिर ११ गते सोमबार