वैदेशिक रोजगारीमा जानेका लागि बिक्री खुला गरिसकेका दुई कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुला हुने भएको छ।
मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा मंसिर ८ र नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा सर्वसाधारणले मंसिर १० गतेदेखि आवेदन दिन पाउने भएका हुन्।
नेपाल वेयर हाउजिङले कम्पनीले सर्वसाधारणलाई छुट्ट्याएको १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरिसकेको छ। कम्पनीले २७ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि तथा ६८ हजार ७ सय ५० कित्ता
सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन्। सर्वसाधारणले मंसिर १३ गतेसम्म आवेदन दिन पाउनेछन्।
यदि सब्स्क्राइब नभएको खण्डमा आवेदन दिने अवधि मंसिर २४ सम्म बढाइनेछ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
नेपाल वेयर हाउजिङको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले ‘आईआरएन डबल बी माइनस (आइएस)’ रेटिङ प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम
रहेको बुझाउँछ।
नेपाल वेयर हाउजिङ कम्पनीले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिकटन क्षमताका भण्डारण गृह सञ्चालन गर्दै आएको छ। कम्पनीले किसान, व्यापारी, मिलर र व्यापारीको अन्न भण्डारण आवश्यकता पूरा गर्दै आएको छ। कम्पनीको विवरणपत्र अनुसार असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.८७ रुपैयाँ ऋणात्मक छ।
यता मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा मंसिर ८ गतेदेखि आवेदन दिन पाउने भएका छन्। कम्पनीले सर्वसाधारणलाई छुट्ट्याएको १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फन्डलाई बिक्री गरेर बाँकी ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओमा मंसिर ८ देखि १२ गतेसम्म आवेदन दिन पाउनेछन्। त्यसअवधिसम्म पनि सब्स्क्राइब नभएको खण्डमा आवेदन अवधि मंसिर २२ सम्म लम्बिने छ। मुक्तिनाथको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाइनेछ।
नेपाल वेयर हाउजिङको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल हो। कम्पनीलाई क्रेडिट रेटिङ गर्ने इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको बुझाउँछ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ