सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्ने भएको छ ।
बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला हुने जनाएको हो ।
कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेहो हो ।
कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ