सूचनाको शक्ति - The Power Of Information

        

१० दिनपछि कारोबार भएको नेप्से झिनो अंकले बढ्यो

तिहार र छठ पर्वको बिदाका कारण १० दिनपछि कारोबार भएको सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

सोमबार नेप्से १.३९ अंकले बढेर १८५३.४८ को विन्दु कायम भएको छ ।

यस दिन २८४ धितोपत्रका ३३ लाख १९ हजार ५५८ कित्ता सेयर एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ३५६.५४ को विन्दुमा झरेको छ ।

१३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चारवटाको समूहगत सूचक घटेको छ ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १५:३६

लोकप्रिय