सूचनाको शक्ति - The Power Of Information

        

कात्तिक महिनामा घरजग्गाको कारोबार घट्यो

कात्तिक महिनामा दशैं–तिहार जस्ता ठूला चाडपर्वले गर्दा घरजग्गाको कारोबार घटेको छ ।

एक महिनाभित्रै दुई ठूला पर्वहरु परेकाले सार्वजनिक बिदा पनि धेरै भएको र नागरिक पनि चाडपर्वमा व्यस्त रहेकाले घरजग्गाको कारोबारमा कमी आएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले तथ्याङ्क सार्वजनिक गर्दै चाडपर्वमा कारोबार घटेको जनाएको छ ।

जग्गाको कारोबार घटेसँगै कात्तिक महिनाको राजस्व पनि घटेको छ । गत आर्थिक वर्षको कात्तिक महिनामा २७ हजार ९३९ लिखत पारित भएकोमा यस वर्षको कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको छ ।

दशैं र तिहार दुई ठूला पर्वहरु कात्तिक महिनाभित्रै परेकाले पनि यस वर्षको कात्तिकमा घरजग्गाको कारोबार घटेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतवार १४:५१

लोकप्रिय