सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलर नेपाली बजारमा इतिहासकै उच्च

अमेरिकी डलर नेपाली बजारमा इतिहासकै उच्च विन्दुमा स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ खरिदमा १३३ रुपैयाँ ५ पैसा र बिक्रीतर्फ १३३ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

यस्तै, आजका लागि युरो खरिदमा १४२ रुपैयाँ १४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७८ पैसा तय भएको छ । बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६२ रुपैयाँ ६४ पैसा र बिक्रीमा १६३ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८५ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ७८ पैसा र बिक्रीमा ८ रुपैयाँ ८२ पैसा तय गरिएको छ ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ २५ पैसा र बिक्रीमा १८ रुपैयाँ ३३ पैसा तय गरिएको छ । साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६३ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७१ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा तय गरिएको छ ।

मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ १० पैसा र बिक्रीतर्फ १० रुपैयाँ १४ पैसा कायम भएका छन् । कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ७८ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ७२ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ५१ पैसा तय गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार ०८:४५

लोकप्रिय