सूचनाको शक्ति - The Power Of Information

        

१२ औं वर्षमा मेरोमाइक्रोफाइनान्स, ६४ जिल्लामा १४९ शाखा

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको बताए ।

स्थापनाको ११ बर्षसम्म आइपुग्दा संस्थाले ग्राहक सन्तुष्टि र व्यावसायिक उत्कृष्टतालाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट करिब १ लाख ६० हजार ग्राहकहरुलाई उच्च स्तरीय लघुबित्त सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार १५:३१

लोकप्रिय