कृषि विकास बैंकले पनि मंसिर महिनाका लागि ब्याजदर घटाएको छ।
बैंकले आज मंसिरका लागि ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो।
मंसिरमा व्यक्तिगततर्फ १ महिनादेखि ५ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजददर ९.५१२ प्रतिशत तोकिएको छ । संस्थागततर्फको मुद्दति निक्षेपको भने ६ महिनादेखि ५ वर्षसम्म अवधिको पनि घटाएर बैंकले ७.५१२ प्रतिशत बनाएको छ । कात्तिकमा संस्थागतर्फको मुद्दति निक्षेपको ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजदर ७.७६१९ प्रतिशत थियो।
कल निक्षेपको ब्याजदर पनि घटाएर २.५ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ८ प्रतिशत कायम गरिएको छ। कात्तिकमा कल निक्षेपको ब्याजदर २.६२५ प्रतिशत र बचतको ब्याजदर अधिकतम ८.२५ प्रतिशत थियो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ