साल्ट ट्रेडिङ कर्पोरेसनले थोक व्यापारीलाई २० बोरा चिनी बिक्री गर्न थालेको छ ।
कर्पोरेसनले आजदेखि थोक व्यापारी र मार्टहरुलाई २० बोरासम्म चिनी बिक्री थालेको निर्देशक बृजेशकुमार झाले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधमा चिनी उद्योगले कोकाकोलालाई बिक्री गरेको चिनी बजारमा आएपछि कर्पोरेसनले बजारमा वितरण सुरु गरेको हो ।
हिजोदेखि थोक व्यापारीलाई १० बोरा चिनी बिक्री गरेको थियो । तर, आजदेखि नै प्रतिथोक व्यापारीलाई २० बोरासम्म चिनी बिक्री गर्न लागेको झाले बताए ।
उनका अनुसार कर्पोरेसनले व्यापारीको प्यान बिलका आधारमा चिनी वितरण गरिरहेको छ । र, कर्पोरेसनले बिक्री गरेको चिनी बजारमा प्रतिकिलो ११५ रुपैयाँमा बिक्रीवितरण गर्नुपर्ने सर्त छ ।
कोकाकोलाबाट ३ हजार मेट्रिक टन चिनी बजारमा ल्याएपछि केही सहज भएको छ । तर, यो परिणामको चिनीले बजारको माग नधान्ने पक्कापक्की छ ।
यसैगरी, आजदेखि बिगमार्ट र भाटभटेनीजस्ता सुपरमार्केटलाई समेत कर्पोरेसनले चिनी बिक्री सुरु गरेको छ । अब यस क्षेत्रमा समेत सहजै चिनी पाइने कर्पोरेसनको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ