२०८२ मंसिर २९ , सोमबार 15, December 2025, Monday

यसरी चिनी बिक्री गर्दै छ साल्ट ट्रेडिङ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक २० गते सोमबार

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने भएको छ । बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको हो ।

व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले जनाएको छ ।

परिमाण उपलब्ध स्टकका आधारमा थप/घट हुन सक्ने बताइएको छ ।

यसका लागि व्यवसाय दर्ताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि साल्ट ट्रेडिङमा बुझाउनु पर्नेछ ।

साल्ट ट्रेडिङले प्रतिकेजी चिनी ११२.५० रुपैयाँमा उपलब्ध गराउनेछ । साल्ट ट्रेडिङले कालिमाटीस्थित आफ्नै कार्यालयबाट चिनी बिक्री गर्नेछ ।

Capture-1699237710.JPG

प्रकाशित मिति : २०८० कात्तिक २० गते सोमबार