बुद्ध एयरले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमार्फत एक करोड सहयोग गर्ने घोषणा गरेको छ । बुद्ध एयरले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत यस्तो जानकारी गराउँदै उद्धार तथा राहत सामग्री ढुवानी सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ ।
बुद्ध एयरले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ, ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपदमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु एक करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं