२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सुनको मूल्य निरन्तर ओरालो, एकैदिन १ हजार रुपैयाँले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १५ गते बुधबार

आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य निरन्तर ओरालो लागेको छ।

साताको पहिलो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा सोमबार ५ सयले घटेर १ लाख १६ हजार ५ सय र मंगलबार फेरि सोही मूल्यले घटेर १ लाख १६ हजार रुपैयाँ पुगेको  थियो।

आज एकैदिन १ हजार रुपैयाँले घटेर १ लाख १५ हजार पुगेको हो।  यसदिन तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।

चाँदी प्रतितोला १३८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १४ सय २० रुपैयाँ पुगेको थियो।

नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय बजारमा आउने सुनचाँदीको भाउको उतारचढावको प्रत्यक्ष असर  नेपाली बजारमा पर्ने गर्छ।

प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार