आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य निरन्तर ओरालो लागेको छ।
साताको पहिलो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा सोमबार ५ सयले घटेर १ लाख १६ हजार ५ सय र मंगलबार फेरि सोही मूल्यले घटेर १ लाख १६ हजार रुपैयाँ पुगेको थियो।
आज एकैदिन १ हजार रुपैयाँले घटेर १ लाख १५ हजार पुगेको हो। यसदिन तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।
चाँदी प्रतितोला १३८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १४ सय २० रुपैयाँ पुगेको थियो।
नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय बजारमा आउने सुनचाँदीको भाउको उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने गर्छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ