नेपाल राष्ट्र बैंकले दशैंको टीकाको समयमा नोट जतन गरेर प्रयोग गर्न आग्रह गरेको छ ।
मंगलबार विजया दशमीको शुभकामना व्यक्त गर्दै नोट जतन गरेर प्रयोग गर्न अनुरोध गरेको हो ।
देवीको प्रसादको रुपमा टीका, जमरा साथै दक्षिणाको लागि बैंक नोट प्रयोग गर्दा नोटमा जल, चन्दन, अबिर, अक्षता आदि नलाग्ने गरी होसियारीपूर्वक प्रयोग गर्न केन्द्रिय बैकले अनुरोध गरेको हो ।
यस्तै, प्राप्त दक्षिणा पनि बैंकमा जम्मा गर्न राष्ट्र बैंकले भनेको छ । यस्तै, दक्षिणालाई सँगालेर बैंक वा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसाल्न भन्दै यसले भविष्यका आवश्यकता पूर्ति गर्न सहयोग गर्दै वित्तीय सचेतना सहितको शुभकामना संदेशमा राष्ट्र बैंकले उल्लेख गरेको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ