सूचनाको शक्ति - The Power Of Information

        

नजिकियो दसैँ, बढ्यो हवाई यात्रुको चाप (तस्वीर कथा)

दसैँ नजिकिएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनलमा आन्तरिक यात्रुहरुको भिड बढ्न थालेको छ । अहिले देशभरका अधिकांश विमानस्थल भएको स्थानमा मौसम पनि सफा रहेकाले उडान पनि बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलतर्फको टर्मिनल भवनमा राखिएका पसल र बोर्डिङ पास कक्षमा मंगलबार पर्यटनमन्त्री किरातीले अनुगमन पनि गरेका छन् । टर्मिनल भवनमा राखिएका सामान र हवाई टिकटको भाडा बढी लिएको गुनासो बढेपछि अनुगमन गर्नुपरेको उनको भनाइ छ । अनुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा लिएको नदेखिएको उनले बताए ।

हवाइ भाडा पनि सस्तो बनाउने प्रयास भइरहेको उनको भनाइ छ । सोमबार पर्यटन मन्त्री सुदन किराती र व्यवसायीबीच महँगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने सहमति वायुसेवा प्रदायकसँग गरेका छन् । यो सहमतिबाट यात्रुलाई खास फाइदा भने हुने छैन । किनभने दशैंमा घरजाने अधिकांश यात्रुले टिकट बुकिङ गरिसकेका छन् ।

 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १३:२०

लोकप्रिय