सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा भईरहेको छ कारोबार?

कात्तिक महिनाको पहिलो दिन नै सुनको मूल्यमा तीब्र वृद्धि भएको छ ।

असोज मसान्त अर्थात् ३० गते प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य कात्तिक १ गते एकैदिन १३ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढ्दै एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ११:३३

लोकप्रिय