सूचनाको शक्ति - The Power Of Information

        

नयाँ नोट साट्ने सुविधा आज पनि

नेपाल राष्ट्र बैंकले दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज पनि निरन्तरता दिदैछ

गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ ।

नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म पाउने व्यवस्था राष्ट्रबैंकले गरेको छ ।

नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रबैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही भइरहेको छ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्ने व्यवस्था मिलाईएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सटही सुविधा शुरु भएसँगै मानिसहरु लाइनमा बसेर नयाँ नोट सटही गरिरहेका छन् विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ ।

बैंकहरुले सटही गर्दा ५ को एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराइरहेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ११:२३

लोकप्रिय