सूचनाको शक्ति - The Power Of Information

        

कात्तिक महिनाका लागि १४ वटा वाणिज्य बैङ्कहरुले घटाए ब्याजदर

वाणिज्य बैङ्कहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्  । १४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । चारवटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने दुईवटा बैङ्कले ब्याजदर बढाएका छन् ।

असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैङ्क एभरेष्ट बैङ्क रहेको छ । एभरेस्ट बैङ्कले १ दशमलव ८३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्राइम कमर्सियल बैङ्कले १ दशमलव १० प्रतिशतले घटाएर व्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैङ्कले पनि १ दशमलव ०५४ प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १ दशमलव ०२ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रभु बैङ्कले कात्तिकमा शून्य दशमलव  ७७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैङ्कले कात्तिकमा शून्य दशमलव ७२९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव  २२४ प्रतिशत ब्याजदर तोकेको छ ।

ग्लोबल आइएमईले शून्य दशमलव ५ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैङ्कले शून्य दशमलव  २५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव  ७६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव  ७६ प्रतिशत प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै कुमारीले ब्याजदर शून्य दशमलव १ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत बनाएको छ ।

सिटिजन्सले शून्य दशमलव ०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव  ९६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव  ९६ प्रतिशत ब्याजदर तोकेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ब्याजदर शून्य दशमलव ७ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव  २२ प्रतिशत र संस्थागततर्फ ५ दशमलव  ५ प्रतिशत बनाएको छ ।

नेपाल बैङ्कले शून्य दशमलव ०६९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव  २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैङ्कले ब्याजदर शून्य दशमलव ०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत बनाएको छ ।

र, एनआईसी एशिया बैङ्कले शून्य दशमलव ०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, लक्ष्मी सनराइज बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

सिद्धार्थ बैङ्कले व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ५ प्रतिशत ब्याजदर तोकेका छन् ।

नेपाल एसबिआई बैङ्क र एनएमबि बैङ्कले भने ब्याजदर बढाएका छन् । एनएमबि बैङ्कले कात्तिकमा १ दशमलव ०१३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत पुर्याएकोे छ । यसअघि बैङ्कले असोजमा व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल एसबिआई बैङ्कले ० दशमलव ७ प्रतिशत बढाएर व्यक्तिगततर्फ १० दशमलव ७ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोजमा बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १०:०४

लोकप्रिय