सूचनाको शक्ति - The Power Of Information

        

दसैँ, खुसी र खसी (तस्वीर कथा)

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । देशका विभिन्न ठाउँबाट ल्याइएका खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो । कम्पनीले खसीबोका तथा च्याङ्ग्राको मूल्य पनि निर्धारण गरेको छ ।

कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो ६८० तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार २६० मा बिक्री गर्नेछ । उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भएपनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ११:३६

लोकप्रिय