सूचनाको शक्ति - The Power Of Information

        

खसीबोका र च्यांग्राको मूल्य निर्धारण, किलोमा कति छुट ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि आज मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जिउँदो खसीबोका प्रतिकिलो रु ६८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार २६० मा बिक्री गर्नेछ ।

उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउने छन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०७:४८

लोकप्रिय