सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा कायम छ । एक अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५५ नेपाली रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै उच्च कीर्तिमान हो ।

हिजोसम्म अमेरिकी डलर एकको भाउ स्थिर थियो । हिजो १३२ रुपैयाँ ९३ पैसामा खरिद र १३३ रुपैयाँ ५३ पैसामा बिक्री भइरहेको थियो । डलरको भाउ तलमाथि हुनुमा नेपालको आन्तरिक नीतिको खासै कुनै योगदान छैन । बरु यसको सम्बन्ध अमेरिका र भारतको अर्थतन्त्रसँग छ ।

डलरको भाउ बढ्दा नेपालजस्तो आयातमा निर्भर देशलाई सबभन्दा ठूलो मार महँगीमा पर्न सक्छ । दाल र तरकारीदेखि इन्धन अनि लुगाफाटासम्म सबै वस्तुको भाउ बढ्छ । चाहे विदेश पढ्न जाने हो वा घुम्न जाने हो हवाईजहाजको टिकटदेखि सबै कुरा महँगिन्छन् ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 132.95 133.55
EUR (European Euro) 1 140.04 140.67
GBP (UK Pound Sterling) 1 161.59 162.32
CHF (Swiss Franc) 1 147.26 147.92
AUD (Australian Dollar) 1 84.08 84.46
CAD (Canadian Dollar) 1 97.50 97.94
SGD (Singapore Dollar) 1 97.07 97.51
JPY (Japanese Yen) 10 8.89 8.93
CNY (Chinese Yuan) 1 18.18 18.26
SAR (Saudi Arabian Riyal) 1 35.44 35.60
QAR (Qatari Riyal) 1 36.45 36.61
THB (Thai Baht) 1 3.67 3.68
AED (UAE Dirham) 1 36.20 36.36
MYR (Malaysian Ringgit) 1 28.07 28.20
KRW (South Korean Won) 100 9.81 9.86
SEK (Swedish Kroner) 1 12.12 12.18
DKK (Danish Kroner) 1 18.77 18.86
HKD (Hong Kong Dollar) 1 17.01 17.08
KWD (Kuwaity Dinar) 1 429.70 431.64
BHD (Bahrain Dinar) 1 352.64 354.23

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०७:२५

लोकप्रिय