सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोल तथा डिजेलको मुल्य घट्यो, प्रतिलिटर कति ?

चाडपर्वको बेला राहात हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

हिजो आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो ।  निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटरमा ११ रुपैयाँ र डिजेलमा प्रतिलिटरमा ५ रुपैयाँले घटाइएको छ ।

समायोजनपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट घटेर मूल्यसूची आएकोले सोही अनुसार नेपालमा समेत मूल्य समायोजन गरिएको हो । निगमले स्वचालित मूल्यप्रणालीअनुसार इन्धनको मूल्य तोक्दै आएको छ ।

यसअघि बढेर आएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढाइए पनि सर्वत्र विरोधपछि सरकारको निर्देशनलाई आधार बनाएर एक दिनमै निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ०९:३५

लोकप्रिय