२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २९ गते सोमबार

नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।

केन्द्रीय बैंकले असोज ३० गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।

राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः माघ २ गते, २०८१ जेठ ४ गते र २०८१ असोज २९ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको आज सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमबार