सूचनाको शक्ति - The Power Of Information

        

फेरिँदै काठमाडौंको स्वरुप (तस्वीर कथा)

काठमाडौं शहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौं उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् ।

न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान । शहरका यस्ता अव्यवस्थित स्थानले बिहान कार्यालय हिँडेको कर्मचारी कार्यालय पुग्नासाथ थकित हुन्छन्, अर्थात जाँगर मर्छ ।

तर, काठमाडौं उपत्यकाको स्वरुप फेरिँदैछ । नदी नालाको सरसफाई, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरु निर्माण गर्ने कामले पूर्णता पाउन नसके पनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौं ।

स्रोत : न्युज एजेन्सी नेपाल
प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १०:४२

लोकप्रिय