२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

दशैँका लागि नयाँ नोट असोज २९ बाट, कहाँ जाने साट्न ?

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८० असोज २६ गते शुक्रबार

नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।

प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले सटही सुविधा हुनेछ । राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार