सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा २० अंकको गिरावट

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

बुधबार सामान्य अंकले बढेको नेप्से बिहीबार भने २० अंकले घट्दै १८ सय ७४ अंकमा थामिएको छ । बिहीबार कारोबारमा आएका २ सय १० कम्पनीको शेयर मूल्य घट्दा २३ वटा कम्पनीको मूल्य भने बढेको छ ।

२ सय ९२ कम्पनीको ७५ लाख ५८ हजार कित्ता शेयर १ अर्ब ७० करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । बिहीबार कारोबारमा आएका म्युचल फण्ड बाहेक अरु सबै उपसमूहमा गिरावट आयो ।

बिहीबार सबैभन्दा धेरै होटल तथा टुरिजम उपसमूहमा ३ प्रतिशतको गिरावट आयो भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूह १ प्रतिशतले घटेका छन् ।

आजैदेखि कारोबारमा आएका भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने हाथवे इन्भेष्टमेन्ट, एनआइविल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्रि हाइड्रोपावर लिमिटेडको पनि शेयरमूल्य पनि ९ प्रतिशत बढीले बढ्यो । सिटी होटलको शेयर मूल्य ९ प्रतिशतले घटेको छ ।

बिहीबार लक्ष्मि सनराइज बैंकको प्रमोटर शेयरको सर्वाधिक धेरै १६ करोड माथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १७:४५

लोकप्रिय