२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

नेपालबाट भारतमा बिक्री हुँदै गाडी !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज २५ गते बिहीबार

नेपालमा गाडी उत्पादन हुँदैन । त्यसैले यहाँ गुड्ने गाडी विदेशबाटै आयात हुने गरेको छ । त्यसमा पनि अधिकांश भारतबाट आउँछ । हामीले सुनेको, देखेको भनेकै नेपालमा भारतबाट सानादेखि ठूला गाडी आयात हुन्छ भन्ने हो ।

नेपालबाट भारततिर गाडी बिक्री भइरहेका छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर यहाँबाट नयाँ होइन, पुराना गाडी पारि गइरहेका छन् । पुरानाभन्दा कवाडी भन्ने बुझ्नुहोला । त्यो पनि होइन । गुडिरहेका । कण्डिसनका सवारी नेपाल र भारतका व्यवसायीबीच किनबेच जारी छ ।

इंग्ल्याण्डमा बनेर नेपालमा चलिरहेका पुराना ल्याडरोभर गाडी राम्रो दाममा खोजी खोजी भारतीयले किन्ने गरेको एक यातायात व्यवसायीले बताए । नेपालले २० वर्षे गाडीलाई चल्न चलाउन प्रतिबन्ध लगाए पनि भारतले भने छुट्टै नम्बर दिएर संरक्षण गर्ने गरेको यातायात व्यवसायीहरू बताउँछन् ।

‘यता नचल्ने अवस्थामा पुगेका ल्याडरोभर पनि उता १३ लाख रूपैयाँसम्ममा बिक्री हुने गरेको छ,’ नाम नबताउने शर्तमा एक व्यवसायी भन्छन्, ‘उता भने भारतले प्रोत्साहन गरेर फरक नम्बर प्लेट दिने गरेकाले सोखिन व्यक्ति र पर्यटन व्यवसायीले अधिक खोज्ने गरेका छन् ।’

सीमासम्म नेपाली नम्बर प्लेटमै गुडेर जाने यस्ता गाडी भारत प्रवेशपछि नम्बर हटाएर उतैको प्रयोग गर्ने गरिएको छ । इलामको पशुपतिनगर, माने भञ्ज्याङ, भैरहवा, वीरगञ्जलगायत खुला सीमा भएकाले सहजता हेरेर भारततर्फ सवारी साधन भारत बिक्री गरिन्छ । पुराना ल्याडरोभरबाहेक टोयोटाको विजे १४ पनि भारतीय व्यवसायीले राम्रो मूल्यमा खरिद गरिरहेकै छन् ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार