सूचनाको शक्ति - The Power Of Information

        

लगातार ३ दिन दोहोरो अङ्कले घटेको नेप्से आज ५ अङ्कले बढ्याे

लगातार तीन दिन दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको छ । शेयर बजार मङ्गलवार १९, साेमवार १२ र आइतवार ३५ अङ्कभन्दा धेरैले घटेकाे थियाे ।

आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै सिटी होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३७ लाख ३३ हजार कित्ता शेयर एक अर्ब आठ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीको चार करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १८:४८

लोकप्रिय