सूचनाको शक्ति - The Power Of Information

        

काभा भलिबल : आज नेपालले अफगानिस्तानसँग खेल्ने

काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । 

आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहँदा अफगानिस्तान तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

यसअघिका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पराजित भएको थियो भने बंगलादेशलाई हराएको थियो । पाकिस्तानले भने उज्वेकिस्तान र बंगलादेशलाई हराएको थियो ।

नेपालले यसपछि असोज २६ गते साउदी अरेबिया र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । 

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, साउदी अरेबिया, श्रीलंका र उज्वेकिस्तान सहभागी छन् ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ०७:५७

लोकप्रिय