२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday
अग्रिम टिकट बुकिङ खुला

दशैंका लागि टिकटको अग्रिम बुकिङ आजदेखि खुला

उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २२ गते सोमबार

दशैंका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

हरेक वर्ष दसैं, तिहारका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ ।

यस अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार