शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे सात प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर सात प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन आज समता लघुवित्त र घलेम्दी हाइड्रोको शेयर झन्डै आठ प्रतिशतले उकालो लागेको छ । आज ३९ लाख ६५ हजार कित्ता शेयर एक अर्ब १९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएका छन् ।
सबैभन्दा धेरै सिटीजन्स लाइफ इन्सुरेन्सको पाँच करोड ५९ लाख र एनआईसी एसिया बैंकको पाँच करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ