एक सातामा सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेपछि नेपाली बजारमा पनि मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार असोज ८ गते सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ रहेकोमा आज (१४ गते) १ लाख ८ हजार रुपैयाँमा झरेको छ । त्यस्तै चाादीको मूल्य पनि घटेको छ ।
८ गते प्रतितोला १४३० रुपैयाँ रहेको चाादी आज प्रतितोला १३६० रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दो ट्रेन्डमा देखिएको छ, जसले गर्दा मूल्य अझै केही घट्ने अनुमान छ ।
अन्तर्राष्ट्रिय बजारमा ४ महिनाअघि प्रतिऔंस २ हजार डलर नाघेको सुनको भाउ हाल १८४८ डलरमा झरेको छ ।
प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार
सत्यपाटी