सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक:

मूल्यवृद्धि फिर्तापछि ग्याँसको मूल्य प्रतिसिलिण्डर कति पर्छ ?

पुरानो मूल्य प्रणाली अनुसार कारोबार

सरकारले खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ ।

नेपाल आयल निगमले शनिबार ग्याँसको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको थियो ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय फिर्ता लिएको हो । योसँगै ग्याँस प्रतिसिलिन्डर १ हजार ८९५ कायमै कारोबार हुने छ ।

पुरानो मूल्यसूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने छ । आजै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतवार ०८:१३

लोकप्रिय