कलङ्की–कोटेश्वर सडकखण्ड विस्तारको काम पूरा भएपछि शरदको आगमनसँगै सुन्दर देखिन थालेको छ । चीन सरकारले आठ लेनमा विस्तार गरेर २०७५ सालमा हस्तान्तरण गरेको यो सडकखण्ड १०.३९ किमी दूरीको छ ।
मौसम अनुसार यो सडकखण्डको स्वरुप बद्लिन्छ । सडक आठ लेनका भएकाले यस सडक छेउछाउमा विभिन्न बोटबिरुवा लगाइएको छ । मनसुनसङ्गै अहिले सडक छेउछाउ हरियाली छन् । कोटेश्वरदेखि बल्खु पुलसम्म सडकमा भएका बोटबिरुवाले चक्रपथ हरियाली बनाइदिएको छ ।
एनसेल आजियाटा लिमिटेडले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा यो सडकखण्डमा विभिन्न बोटविरुवा रोप्नका लागि सघाएको हो । चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्डको कामले भने गति लिन सकेको छैन ।




















सत्यपाटी संवाददाता । काठमाडौं