राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा हेर्न वसन्तपुर पुगेका छन् । उनी आज बिहीवार न्युरोडको जुद्धशम्शेरको शालिकदेखि हिँडेर वसन्तपुर पुगेका हुन् । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने इन्द्रजात्रा राष्ट्रपतिले हेर्ने चलन छ ।
राष्ट्रपतिलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले स्वागत गरेकी थिइन् । इन्द्रजात्रा हेर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत वसन्तपुर पुगेका थिए ।
काठमाडौं महानगरले सम्पदा क्षेत्रमा गाडी प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै राष्ट्रपतिसहित अन्य उच्च पदस्थ व्यक्ति जुद्ध शालिकदेखि हिँडेरै वसन्तपुर पुगेका थिए । यसअघि राष्ट्रपतिसहित ‘भीआइपी’को गाडी वसन्तपुरसम्मै पुग्ने गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं