सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्ने बाँकेका खेलाडीहरुको विदाई

११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट सहभागि हुने खेलाडीहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ ।
भदौ २७ गते देखि काठमाण्डौमा सञ्चालन हुने प्रतियोगितामा बाँकेबाट महिला र पुरुष गरी २७ जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।

बाँकेबाट सहभागिता जनाउने खेलाडीहरुलाई बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने प्रतियोगितामा सफलताको शुभकामनासहित सोमवार विदाई गरेका हुन् ।

बाँकेमा खेल प्रशिक्षणका लागि उपयुक्त सामाग्री र खेल स्थान नभएपनि खेलाडिहरुले आफ्नै बलबुतामा तयारी गरी प्रतियोगितामा सहभागिता जनाउन लागेको अध्यक्ष लामिछानेले बताए ।

बाँके जिल्ला प्रशिक्षका रुपमा तेक्वान्दो डोजाङ्गका वरिष्ठ प्रशिक्षक महेस थापा, श्याम भट्टराई र राष्ट्रिय रेफ्री रामरति थारु समेत खेलाडीहरुसँगै काठमाण्डौ प्रस्थान गरेका छन् ।

भदौ २७ देखि ३१ गतेसम्म ५ वटा ऐरिनामा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १ हजार ७७८ खेलाडी सहभागी हुनुका साथै भारत र बङ्गलादेशका खेलाडीसमेत सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १८:२९

लोकप्रिय