सूचनाको शक्ति - The Power Of Information

        

देशका केही नदीमा पानीको बहाव बढ्ने

देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सिन्धुली, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, अछाम, दैलेख, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने भएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०९:३१

लोकप्रिय