सूचनाको शक्ति - The Power Of Information

        

तारा एयरले आजबाट पोखरा–जोमसोम उडान सुरु गर्ने

तारा एयरले सोमबारबाट पोखरा–जोमसोम उडान सुरु गर्ने भएको छ ।

प्रतिकुल मौसमका कारण बन्द गरिएको उडान मौसम अनुकुल हुन थालेपछि पुनः नियमित गर्न लागिएको हो ।

शरद ऋतुका लागि पर्यटकहरुको संख्या पनि बढ्दै जान थालेपछि एअरलाइन्सले उडान नियमति गर्ने भएको बुझिएको छ । जोमसोम उडानका लागि तारा एयरले एउटा विमान राती पनि पोखरामै राख्ने भएको छ ।

हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाइएको छ । जोमसोम उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ ।

जोमसोम विमानस्थल समुन्द्री सतहबाट २ हजार ७ सय ३६ मिटर उचाईमा रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०८:२६

लोकप्रिय